त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाको आवेदन
काठमाडाैं | माघ ९, २०८०
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकूलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेहरुमा अहिलेका निमित्त उपकूलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकूलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्य हुनुहुन्छ ।
यस्तै, मध्यपश्चिम विश्वविद्यालयका अहिलेका उपकूलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकूलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल लगायतले पनि उपकूलपतिका लागि आवेदन दिएका छन् ।
उपकूलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार आवेदनको मूल्याङ्कन गरेर केही दिनभित्रै सर्टलिस्ट अर्थात् अल्पसूची प्रकाशन हुनेछ । त्यसपछि विज्ञ समितिबाट अल्पसूचीमा परेका बीच प्रतिस्पर्धा गराएर एक जनालाई उपकूलपतिमा छनोट गरिनेछ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

